राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

Events

२०६८।९।२५ सोमवार

आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा प्रशासकीय अदालत रजत जयन्ती वर्ष समारोहका अवसरमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष, पूर्व प्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष श्री केदारनाथ उपाध्याय तथा प्रशासकीय अदालतका पूर्व अध्यक्ष, सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री केदारनाथ आचार्यलाई सम्मान प्रदान गर्नुभयो ।

View More

२०६८।९।२२ शुक्रवार

आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले महाराजगञ्ज, काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कान्ति बाल अस्पतालको ५०औं वार्षिक उत्सव तथा स्वर्ण महोत्सव समारोहको समुद्घाटन गर्नुभयो ।

View More

२०६८।९।२८ विहीवार

आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले राष्ट्रपतिभवन, शीतलनिवासमा आयोजित एक समारोहमा प्रसिद्ध हिमाल आरोही तथा जलवायु परिवर्तन सम्बन्धी सार्क राजदूत श्री आप्पा शेर्पा, जलवायु परिवर्तन परिषद्का सदस्य श्री दावा स्टेभन शेर्पा, फोटोग्राफर श्री समिरजंग थापा र श्री सौरभ ढकाल सम्मिलित टोलीलाई राष्ट्रिय झण्डा प्रदान गरी Great Himalayan Trail (करीब १७०० कि.मि.) पदमार्गमा गरिने पदयात्राको शुभारम्भ गर्नुभयो । उक्त समारोह हिमालयन क्लाइमेट इनिसिएटिभ् र वातावरण मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको ...

View More

२०६८।९।३० शनिवार

आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले लुम्बिनीमा आयोजित विशेष समारीहमा लुम्बिनी भ्रमण वर्ष २०१२ को शुभारम्भ गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल पर्यटन वर्ष २०११ सफलतापूर्वक सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिँदै लुम्बिनी भ्रमण वर्षमा अत्यधिक पर्यटकहरूलाई हार्दिक स्वागत गर्न सम्पूर्ण नागरिक तथा सरोकारवालाहरूमा आव्हान गर्नुभएको थियो ।

View More

२०६८।१०।१२ बिहीवार

आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले अछाम जिल्लाको वैद्यनाथ क्षेत्रस्थित वैद्यनाथक्षेत्र अछाम रजत महोत्सव तथा कुम्भमहालक्ष्य होम महायज्ञको समदुघाटन गर्नुभयो ।

View More

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति