राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

Events

०६८।०५।१८ आइतबार

आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले शीतलनिवासमा श्री वेङ्कटेश मन्दिर (देवस्थान) द्वारा प्रकाशित ‘श्रीमद्भागवतामृत’ र ‘तिरुप्पावै–श्रीव्रतप्रबन्ध’ ग्रन्थहरूको लोकार्पण गर्नुभयो । उक्त ग्रन्थहरू संस्कृतबाट क्रमशः श्री फणिनारायण सिग्देल र श्री स्वामी पद्मधराचार्यबाट नेपालीमा अनुवाद भएको हो ।

View More

२०६८।०४।११ बुधवार

आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले शीतलनिवासमा मृगेन्द्र सम्झना चिकित्सा गुठीद्वारा प्रकाशित 'Struggle for Social Service in Nepal' पुस्तकको विमोचन गर्नुभयो । पुस्तकले गुठीका संरक्षक डा. मृगेन्द्रराज पाण्डेको जीवनयात्रालाई समेटेको छ ।

View More

२०६८।०४।०८ आइतबार

आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले शीतलनिवासमा एक समारोहबीच ‘को १ च ७’ पुस्तकको विमोचन गर्नुभयो । पुस्तकले समाजसेवी श्री राज्यलक्ष्मी गोल्छाको जीवनयात्रालाई समेटेको छ ।

View More

२०६८।०४।०९ सोमबार

आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट श्री सिद्धिगणेश उच्च मा.वि. गागलफेदी, काठमाडौंका विद्यार्थीहरूसंग शीतलनिवासमा भेटघाट भयो । उक्त भेटघाटका अवसरमा सम्माननीय राष्ट्रपतिबाट विद्यार्थीहरुले जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।

View More

२०६८।०५।०१ बिहीवार

आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले शीतलनिवासमा ‘माटो र मुटु’ गीति एल्बमको लोकार्पण गर्नुभयो । चुडामणी देवकोटाको शब्द, शक्ति बल्लभको संगीत तथा सुरेश मानन्धर, सुमित खड्का, आनन्द कार्की, स्वरुपराज आचार्य, शिशिर योगी, रामभक्त जोजिजु/इतु जोजिजु, मीलन अमात्य र सपनाश्रीको स्वर रहेको गीति एल्बमले शान्ति र राष्ट्रप्रेमको भावनालाई समेटेको छ ।

View More

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति