राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६७ [2067] » POUSH 2067 ( पौष )

मिति २०६७ साल पौष १९ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव समक्ष नेपालका लागि मित्रराष्ट्र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका नव नियुक्त आवासीय राजदूत H.E. Mr. Kim Young Su र मित्रराष्ट्र युनाटेड अरब इमिरेट्सका गैर–आवसीय राजदूत H.E. Mr. Mohammaed Sultan AI Owais बाट प्रस्तुत भएको ओहोदाको प्रमाणपत्र आज राष्ट्रपति भवन, शीतल निवासमा एक विशेष समारोहका बीच ग्रहण गर्नु भयो।

सम्माननीय राष्ट्रपतिज्यूले ओहोदाको प्रमाणपत्र पेश गर्नु हुने राजदूतहरूलाई बधाई दिनु हुँदै वहाँहरूको कार्यकालमा नेपालसँग ती मुलुकहरूको सम्बन्ध अझै विकसित हुँदै जाने विश्वास व्यक्त गर्नु भयो।।

मितिः २०६७ पौष ७ गते

आज सम्माननीय राष्ट्रपतिज्यूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा भारतका स्थल सेनाध्यक्ष महारथी श्री विजय कुमार सिंह पि.वि.एस.एम., ए.वि.एस.एम., वाई.एस.एम., ए.डि.सी.लाई नेपाली सेनाको मानार्थ महारथी पद र सोको दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो।

समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, माननीय रक्षा मन्त्री, राष्ट्रपति कार्यालयका सचिव, नेपाली सेनाका प्रधान सेनापति, रक्षा सचिव तथा नेपाली सेनाका रथी वृन्दहरुको उपस्थिति थियो।।

२०६७ साल पौष १

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव समक्ष नेपालका लागि मित्रराष्ट्र रुसका नव नियुक्त आवासीय राजदूत H.E. Mr. Sergey V. Velichkin तथा गणतन्त्र म्यासेडोनियाका गैर–आवसीय राजदूत H.E. Mr. Javonoski बाट पेश भएको ओहोदाको प्रमाणपत्र आज राष्ट्रपति भवन, शीतल निवासमा एक समारोहका वीच ग्रहण गर्नुभयो।

सम्माननीय राष्ट्रपतिज्यूले ओहोदाको प्रमाणपत्र पेश गर्नु हुने राजदूतहरुलाई बधाई ज्ञापन गर्नु हुँदै वहाँहरूको कार्यकालमा नेपालसंग मित्रराष्ट्र रुस र गणतन्त्र म्यासेडोनियाको सम्बन्ध अझै विकसित हुँदै जाने विश्वास व्यक्त गर्नु भयो।। युक्ति गर्नुभएकोे छ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति