राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६६ [2066] » MAGH 2066 ( माघ )

२०६६ माघ २५

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा (२) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफरिसमा व्यवस्थापिका–संसदको चालु अधिवेशन संवत् २०६६ साल माघ २५ गते सोमवारका दिन बेलुकी २१ः०० वजे देखि अन्त गर्नुभएको छ ।

२०६६ माघ २४

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झाज्यूलाई आज राष्ट्रपति भवनमा एक समारोह बीच पद तथा गोपनीयताको शपथ गराउनु भयो।

उक्त शपथग्रहण समारोहमा सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधान न्यायाधीश, संविधानसभाका सम्माननीय अध्यक्ष एवं माननीय उपप्रधानमन्त्री तथा मन्त्री, माननीय राज्यमन्त्री, माननीय सहायक मन्त्री, संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव लगायत विशिष्ट श्रेणीका पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखका साथै संविधान सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताज्यूहरुको समेत उपस्थिति रहेको थियो।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति