राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६७ [2067] » FALGUN 2067 (फागुन)

२०६७ फागुन २९ गते

सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ र ४० बमोजिम मौजुदा मन्त्रिपरिषदमा देहाय बमोजिम कार्यविभाजन हेरफर गरी थप गरिएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ । 

क्र.सं. नाम, थर पद कार्यविभाजन 
१. श्री कृष्णबहादुर महरा उपप्रधानमन्त्री - सूचना तथा सञ्चार; कानुन तथा न्याय; भूमिसुधार व्यवस्था; स्वास्थ्य तथा जनसंख्या ।

२. श्री टोपबहादुर रायमाझी मन्त्री - भौतिक योजना तथा निर्माण; श्रम तथा यातायात व्यवस्था ।

३. श्री वर्षमान पुन मन्त्री - शान्ति तथा पुनर्निर्माण; युवा तथा खेलकुद ।

४. श्री खड्गबहादुर विश्वकर्मा मन्त्री - पर्यटन तथा नागरिक उड्डयन; महिला, बालबालिका तथा समाजकल्याण । 

२०६७ फागुन २३ गते

सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ४० बमोजिम नियुक्त माननीय मन्त्री श्री विष्णुप्रसाद पौडेलाई रक्षा मन्त्रालय र माननीय मन्त्री श्री गंगालाल तुलाधरलाई शिक्षा मन्त्रालयको कार्यभार तोक्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसंग संयुक्त अधिराज्य वेलायतका विकास तथा अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी राज्यमन्त्री HE Mr. Alan Duncan बाट  आज शिष्टाचार भेट गर्नुभयो ।

भेटका अवसरमा द्विपक्षिय हित तथा आपसी सहयोगका विषयमा छलफल भयो ।

२०६७ फागुन २० गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालले आज राष्ट्रपति भवन, शीतलनिवासमा नवनियुक्त उप-प्रधानमन्त्री  एवम् सूचना तथा संचार मन्त्री माननीय श्री कृष्ण बहादुर महरा, भौतिक योजना तथा निर्माण मन्त्री माननीय श्री टोप बहादुर रायमाझी, शान्ति तथा पुनर्निमाण मन्त्री माननीय  श्री वर्षमान पुन र पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री खडग बहादुर विश्वकर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, माननीय उप-प्रधानमन्त्री, माननीय मन्त्रीहरु, राजनीतिक दलका नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । 

२०६७ फागुन ९ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यू समक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री राम प्रसाद श्रेष्ठले आज राष्ट्रपति भवन, शीतलनिवासमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ११७ को उपधारा (१) बमोजिम सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन (२०६६–२०६७) पेश गर्नु भयो ।

सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले कानुनको शासन कायम गर्ने लोकतान्त्रिक मूल्य र मर्यादामा न्यायपालिकाबाट सहयोग पुग्ने धारणा राख्दै उपस्थित सम्माननीय प्रधान न्यायाधीश र सबै माननीय न्यायधीशहरुलाई धन्यवाद दिनु भयो ।    

२०६७ फागुन १२ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय उपराष्ट्रपति   श्री परमानन्द झाले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गर्नु भयो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले कुवेतको राजकीय भ्रमणका बारेमा सम्माननीय उपराष्ट्रपतिज्यूलाई जानकारी गराउनुका साथै वहाँहरूबीच अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो ।

 ------------------------------

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालले आज राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नुभयो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले कुवेत भ्रमणका बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुका साथै वहाँहरूबीच अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो । 

------------------------------

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसंग दक्षिण कोरियाको Ministry of Knowledge Economy का महामहिम उपमन्त्री तथा महामहिम राष्ट्रपतिका विशेष दूत Mr. Park Young June ले आज शिष्टाचार भेट गर्नुभयो ।

भेटका अवसरमा कोरिया र नेपालबीच वातावरण, IT, जलश्रोत, पर्यटन, सामाजिक क्षेत्र तथा लगानीका अन्य क्षेत्रमा भइरहेको सहयोग र भावी सहयोगको सम्भावना बारे छलफल भएको थियो ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति