राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६६ [2066] » FALGUN 2066 ( फाल्गुण )

२०६६ साल फाल्गुन १२

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालबाट नवनियुक्त शिक्षा मन्त्री माननीय सर्वेन्द्रनाथ शुक्ललाई आज राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो।

२०६६ फाल्गुन १२

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यू समक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीस अनुप राज शर्माले आज राष्ट्रपति भवन, शीतल निवासमा एक समारोहका वीच नेपालको अन्तरिम संविधान, २०६३को धारा ११७ को उपधारा (१) बमोजिम सर्वोच्च अदालतको आ.व. २०६५/६६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

२०६६ फाल्गुण ६

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव मित्र राष्ट्र गणतन्त्र भारतका महामहिम राष्ट्रपति श्रीमती प्रतिभा देवीसिंह पाटिलको औपचारिक निमन्त्रणामा २०६६ साल फाल्गुन ३ गते देखि गणतन्त्र भारतको चार दिने राजकीय भ्रमण (State Visit) पूरा गरी आज स्वदेश फर्किनु भयो।

सम्माननीय राष्ट्रपतिज्यूको यो भ्रमणलेे ऐतिहासिककालदेखि कायम रही आएको गणतन्त्र नेपाल र गणतन्त्र भारत दुई मुलुकका सरकार एवं जनता बीचको सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विश्वास लिइएको छ।

२०६६ फाल्गुण ९

सेचेन महाबौद्ध बिहार नामको संस्थाले महानतम गुरुवर परम दिल्गो खेन्चे रिन्पोछेज्यूको शतवार्षिकी भन्ने कार्यक्रम मिति २०६६।११।०९ गते ३ बजे संचालन हुने देखाई कार्यक्रम वितरण गरी उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूको समेत समुपस्थिति हुने भनी गैरजिम्मेवारीपूर्वक प्रचारप्रसार गरेको विषयमा यस कार्यालयको ध्यानाकर्षण हुन आएको छ।

उक्त बौद्ध बिहारले सञ्चालन गर्न लागेको यस्तो कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूको उपस्थिति बारे यस कार्यालयबाट कुनै स्वीकृति नभएको जानकारी गराउँदै यसरीे गलत प्रचारप्रसार गरिएकोमा यस्तो कार्यमा संलग्न हुने निकाय, व्यक्तिलाई आवश्यक कार्वाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइसकिएको छ।
तसर्थ, आइन्दा कुनै पनि निकाय, व्यक्तिहरुले यस कार्यालयबाट सम्माननीय राष्ट्रपतिज्यूको उपस्थिति हुने औपचारिक स्वीकृति नदिएसम्म यसरी गलत किसिमले कार्यक्रमबारे प्रचारप्रसार नगर्न समेत जानकारी गराइन्छ।

२०६६ फाल्गुण ३

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव मित्रराष्ट्र गणतन्त्र भारतका महामहिम राष्ट्रपति श्रीमती प्रतिभादेवी सिंह पाटिलको औपचारिक निमन्त्रणामा आज २०६६ साल फाल्गुण तीन गते गणतन्त्र भारतको चार दिने राजकीय भ्रमण (State visit) का निम्ति नयाँ दिल्ली प्रस्थान गर्नुभयो। सम्माननीय राष्ट्रपति यही फाल्गुण छ गते स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ।

सम्माननीय राष्ट्रपतिज्यूले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६छ. को उपधारा (२) को संवैधानिक व्यवस्था बमोजिम सम्माननीय उपराष्ट्रपतिज्यूबाट सम्पादन हुनेगरी तोक्नुभएको छ।
सम्माननीय राष्ट्रपतिज्यूको यो भ्रमणले ऐतिहासिककाल देखि कायम रही आएको गणतन्त्र नेपाल र गणतन्त्र भारत दुई मुलुकका सरकार एवं जनता बीचको सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विश्वास लिइएको छ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति