राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

Events

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चेक गणतन्त्रको संसद Chamber of Deputies का Vice President को नेतृत्वको टोलिबाट शिष्टाचार भेट

मिति २०७३ साल असोज ४ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र चेक गणतन्त्रको संसद Chamber of Deputies का Vice President Dr. Vojtech Filip को नेतृत्वमा रहेको चेक गणतन्त्रका महामहिम राजदूत Mr. Milan Hovorka सहितको टोलिबाट शिष्टाचार भेट भयो । भेटमा नेपाल र चेक गणतन्त्रबीचको घनिष्ट कूटनीतिक सम्बन्ध तथा दुई देशबीचको आपसी सहयोग र हितलाई थप विस्तार गर्दै जानुपर्ने लगायतका विषयमा कुराकानी भय...

View More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष इजरायलका नोवेल पुरस्कार विजेताको नेतृत्वको टोलिबाट शिष्टाचार भेट

मिति २०७३ साल असोज ४ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र इजरायलका नोवेल पुरस्कार विजेता Prof. Dan Shechtman (Chemistry, 2011, discovery of Quasiperiodic Crystal) को नेतृत्वको  इजरायल, जापान, फ्रान्स र संयुक्त अधिराज्यका बैज्ञानिकहरुका साथै Prof. Dan Shechtman की श्रीमती तथा मनोविज्ञान एवम् शिक्षाका प्राध्यापिका Mrs. Aippora Shechtman समेत रहेको टोलिबाट शिष्टाचार भेट भयो । भ...

View More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष माल्दिभ्सका महामहिम राजदूतबाट शिष्टाचार भेट

मिति २०७३ साल असोज ४ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र माल्दिभ्सका महामहिम राजदूत Mr. Ahmed Saleem ले शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा दुई देशबीच  रहिआएको सुमधुर कूटनीतिक सम्बन्ध, पर्यटन विकास, वातावरण संरक्षण, जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई सामना गर्ने कार्यजस्ता विषयमा हुनसक्ने आपसी सहयोगको सम्भावना तथा सार्क सदस्यराष्ट्र एवम् अन्तर्राष्ट्रिय संघसंस्थामा निकट सहयोगी राष्ट्रक...

View More

सम्माननीय राष्ट्रपतिज्यू संविधान दिवस, २०७३ का अवसरमा आयोजित साँस्कृतिक कार्यक्रम तथा रात्रिभोजमा सरीक

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपालको राष्ट्रिय दिवसका रुपमा रहेको संविधान दिवस, २०७३ का अवसरमा नेपालका लागि विभिन्न मित्रराष्ट्रहरुका महामहिम राजदूत तथा कूटनीतिक नियोग प्रमुख दम्पतीका लागि राष्ट्रपतिको कार्यालयद्वारा मिति २०७३ साल असोज ३ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित साँस्कृतिक कार्यक्रम तथा रात्रिभोज कार्यक्रममा सरीक हुनुभयो । उक्त समारोहमा आमन्त्रित सबैलाई राष्ट्रपति भवनमा स्वागत गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले जनताका लागि जनताद्वारा बनाइएक...

View More

सजाय माफी

मिति २०७३ साल असोज ३ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७३/६/२ को सिफारिसमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, कारागार नियमावली (संशोधन सहित), २०२० को नियम २९ को उपनियम (१) र (२क) तथा सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका घनेन्द्र इजम समेत ५३७ (पाँच सय सैतीस) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय संविधान दिवस २०७३ को उपलक्ष्यमा नेपालको संव...

View More

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति