राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७० [2070] » 2070 POUS (पुस)

२०७० पुस २७

संविधान सभाको पहिलो बैठक आव्हान गर्ने सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट मन्त्रिपरिषद्का सम्माननीय अध्यक्षज्यूलाई देहायको ध्यानाकर्षण गराउनु भएकोले यो विज्ञप्ति जारी गरिएको छ :

विज्ञप्ति

“सम्माननीय राष्ट्रपतिसमक्ष निर्वाचन आयोगबाट संविधानसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको नतिजा मिति २०७०।०९।१८ गते पेश भएको र निर्वाचन आयोगले अन्तिम निर्वाचन परिणाम सार्वजनिक गरेको २१ दिनभित्र नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६९ मा संविधानसभाको आह्वानित बैठक बस्ने व्यवस्था रहनुको साथै उक्त संविधानको धारा १५८ बमोजिम मिति २०६९।१२।१ गते जारी भएको वाधा अड्काउ फुकाउने आदेश व्यवस्थापिका–संसदको बैठक बसेको एक महिनाभित्र अनुमोदन गराई पूर्णता समेत दिनु परेको यथार्थता एवं नेपालको अन्तरिम संविधानको भावना, संवैधानिक व्यवस्था,   विगतको राष्ट्रिय संवैधानिक अभ्यास तथा अन्तराष्ट्रिय संवैधानिक प्रचलनलाई समेत मनन् गर्दै यथाशीघ्र संविधानसभाको पहिलो बैठक आह्वान गर्ने आवश्यक व्यवस्था मिलाउन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६क. मा अन्तर्निहित भावना मुताविक सम्माननीय राष्ट्रपतिबाट अन्तरिम चुनावी मन्त्रिपरिषद्का सम्माननीय अध्यक्षको ध्यानाकर्षण गराउने ।” 

    (दशरथ राई)
    शाखा अधिकृत
मिति २०७०/९/२७

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति