राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७० [2070] » 2070 JETH (जेठ)

२०७० जेठ ३१

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम देहाय बमोजिमको अध्यादेश प्रमाणीकरण भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

सि.नं.
१.

विवरण 
संविधानसभा सदस्य निर्वाचन अध्यादेश, २०७०

प्रमाणीकरण मिति
२०७०।०२।३१।६

आज्ञाले,

(मणिराम ओझा)
निमित्त सचिव

२०७० जेठ २३

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम देहाय बमोजिमका अध्यादेशहरु प्रमाणीकरण भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

सि.नं.      विवरण      प्रमाणीकरण मिति
१. सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (दोश्रो संशोधन) अध्यादेश, २०७०  २०७०।०२।२३।५
२. कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण तथा जफत) अध्यादेश, २०७०    २०७०।०२।२३।५

आज्ञाले,

(हरिकुमार श्रेष्ठ)
निमित्त सचिव

२०७० जेठ १५

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५२ को उपधारा (१) बमोजिम गणतन्त्र दिवस, २०७० को अवसरमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएका १८९ जना महानुभावहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक प्रदान गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ । 

मानपदवी, अलङ्कार र पदकको नाम तथा प्राप्त गर्ने महानुभावहरुको संख्या तपसिल बमोजिम रहेको छ :
सि.नं. मानपदवी प्राप्त गर्ने महानुभावको संख्या
१. सुकीर्तिमय राष्ट्रदीप ६
२ सुप्रवल जनसेवाश्री ६०
३. प्रवल जनसेवाश्री ७४
४. जनसेवाश्री १६
जम्मा मानपदवी १५६

सि.नं. अलङ्कार प्राप्त गर्ने महानुभवको संख्या
१. नेपाल प्रताप सुभूषण ६
२. नेपाल प्रताप आभूषण २
३. समाज सेवा रत्न २
४. महा पौरख भाष्कर १
५. नेपाल प्रताप भूषण २
जम्मा अलङ्कार १३

सि.नं पदक प्राप्त गर्ने महानुभावको संख्या
१. समाजसेवा पदक २
२. सुकीर्ति पदक 7७
३. वीरता पदक 5५
४. सौर्य पदक 2२
५. प्राकृतिक प्रकोप पीडितोद्वार पदक २
६. विकासरत्न पदक २
जम्मा पदक २०

आज्ञाले,

(‍सूर्यप्रसाद अर्याल) 
उप -सचिव 

२०७० जेठ ३

सम्माननीय राष्ट्रपति डा.रामवरण यादव आज राष्ट्रपति भवन, शीतलनिवासमा आयोजना गरिएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सम्बन्धी छलफलमा सरिक हुनुभयो । सो छलफल कार्यक्रममा मा.अर्थ मन्त्री, मा.विज्ञान तथा वातावरण मन्त्री, राष्ट्रपतिज्यूका सल्लाहकारहरु, नेपाल सरकारका मुख्य सचिव, अर्थ, वन तथा भूसंरक्षण, संघीय मामिला तथा स्थानीय विकास, विज्ञान प्रविधि तथा वातावरण, उद्योग एवम् सहरी विकास मन्त्रालयका सचिवज्यूहरु लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

सो कार्यक्रममा वन तथा भू संरक्षण मन्त्रालयका सचिव श्री कृष्णचन्द्र पौडेलले हालसम्म संचालित कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा सहभागीहरुले आगामी दिनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई कसरी सफल बनाउन सकिन्छ भन्ने सम्बन्धमा आआफ्ना धारणा एवम् सुझावहरु प्रस्तुत गर्नुभएको थियो । अन्तमा सम्माननीय राष्ट्रपतिले यस कार्यक्रमलाई आगामी दिनमा सफल बनाउनका लागि आ–आफ्नो स्थानबाट यथोचित योगदान पु¥याउन सहभागी पदाधिकारीहरुलाई आग्रह गर्नुभएको थियो ।

आज्ञाले,

हरिकुमार श्रेष्ठ
नि.सचिव

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति