२०७० भाद्र २६
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवलाई कार्टर सेन्टरका Senior Advisor A. Peter Burleigh को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतलनिवासमा आज शिष्टाचार भेट गरयो ।
भेटका अवसरमा सम्माननीय राष्ट्रपतिले आसन्न संविधानसभाको निर्वाचनमा सबै राजनीतिक दलहरुलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन आफू लागिपरेको कुरा कार्टर सेन्टरका प्रतिनिधिहरुलाई जानकारी गराउनु भयो ।
सोही अवसरमा कार्टर सेन्टरका प्रतिनिधिहरुले आसन्न निर्वाचन तयारीको वर्तमान अवस्था र उक्त निर्वाचनमा कार्टर सेन्टरबाट आउने पर्यवेक्षण टोलीका बारेमा जानकारी गराउँदै निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वासिलो हुनुपर्नेमा जोड दिनु भएको थियो ।
आज्ञाले,
(वासुदेव दाहाल)
प्रवक्ता