राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७० [2070] » 2070 Baisakh (वैशाख)

२०७० वैशाख २५

राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोह बीच सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय कायम मुकायम प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नव नियुक्त प्रमुख आयुक्त श्री लोकमानसिंह कार्की, महालेखापरीक्षक श्री भानुप्रसाद आचार्य तथा लोक सेवा आयोगका अध्यक्ष श्री कयोदेवी यमीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।
सोही अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त श्री लोकमानसिंह कार्की समक्ष श्री केशवप्रसाद वरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।
सो समारोहमा मन्त्रिपरिषद्का अध्यक्ष सम्माननीय श्री खिलराज रेग्मी, माननीय मन्त्रीहरू, संवैधानिक निकाय लगायतका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

आज्ञाले,

(कृष्णप्रसाल लम्साल)
सहसचिव

२०७० वैशाख २५

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ११९ को उपधारा (२) बमोजिम काठमाडौं निवासी

श्री लोकमानसिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त, धारा १२२ को उपधारा (२) बमोजिम भक्तपुर निवासी श्री भानुप्रसाद आचार्यलाई महालेखापरीक्षक र धारा १२५ को उपधारा (२) बमोजिम काठमाडौं निवासी श्री कयोदेवी यमीलाई लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्ति गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,

(कृष्णप्रसाल लम्साल)
सहसचिव

२०७० वैशाख १२

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यू केही दिन आफ्नो गृह जिल्ला धनुषा सपही गा.वि.स.को बसाइ पश्चात् आजै राष्ट्रपति भवन, शीतलनिवास फर्कनु भएकोले यो सूचना प्रकाशन गरिएको छ ।

आज्ञाले,
(हरिप्रसाद दवाडी)
उपसचिव

२०७० वैशाख ९

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव आज मिति २०७० साल वैशाख ९ गते आफ्नो गृह जिल्ला धनुषातर्फ प्रस्थान गर्नुभएको छ । उहाँ सपही गा.वि.स. स्थित आफ्नो निवासमा केही दिन रहनु हुने भएकोले यो सूचना जारी गरिएको छ ।

आज्ञाले,

(हरिप्रसाद दवाडी)
उपसचिव

२०७० वैशाख ८

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम रेल्वे सम्बन्धी अध्यादेश, २०६९ प्रमाणीकरण भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,

(हरिप्रसाद दवाडी)
उपसचिव 

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति