राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७० [2070] » 2070 Asar (असार)

२०७० असार ३०

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम देहाय बमोजिमका अध्यादेशहरु प्रमाणीकरण भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

सि.नं. विवरण प्रमाणीकरण मिति
१. आर्थिक अध्यादेश, २०७० २०७०।०३।३०।१
२. विनियोजन अध्यादेश, २०७० २०७०।०३।३०।१
३. राष्ट्र ऋण उठाउने अध्यादेश, २०७० २०७०।०३।३०।१

आज्ञाले,

(मणिराम ओझा)
सहसचिव, कानून 

२०७० असार २५

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसंग मित्रराष्ट्र भारतका विदेश मन्त्री महामहिम सलमान खुर्सिदले आज राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नु भयो ।

सो अवसरमा उहाँहरुबीच दुई देशको आपसी हितका विषयमा छलफल भयो ।
उक्त अवसरमा नेपाल र भारतका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
आज्ञाले,

(हरिकुमार श्रेष्ठ)
प्रवक्ता  

२०७० असार २०

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले संवत् २०७० साल असार २० गते देखि लागू हुने गरी श्री शंभुशरण प्रसाद कायस्थ ज्ञानेश्वर, काठमाडौंलाई अर्थ, विकास र प्रशासनका क्षेत्रमा सुझाव र सल्लाह दिन विशेषज्ञ पदमा नियुक्त गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,
(हरिकुमार श्रेष्ठ)
प्रवक्ता

२०७० असार ०३

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव स्वास्थ्य परीक्षणको सिलसिलामा सम्वत् २०७० साल आषाढ ३ गते सोमबारका दिन मित्रराष्ट्र जापानतर्फ प्रस्थान गर्नु हुने भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यहरु नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६छ. को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ । 

आज्ञाले,
(हरिकुमार श्रेष्ठ)
 प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति