राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६९ [2069] » 2069 SHRAWAN (साउन)

२०६९ साउन ३२

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसंग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले नियमित भेट गर्नुभयो ।

भेटका अवसरमा उहाँहरु बीच समसामयिक विषयमा छलफल भएको थियो ।

२०६९ साउन ३२

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसंग राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा संलग्न एकिकृत नेकपा (माओवादी) लगायत २० राजनीतिक दलका नेताहरुले सामूहिक भेट गर्नुभयो ।

भेटका अवसरमा गठबन्धनका अध्यक्ष एवम् एनेकपा (माओवादी) का अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक तथा समसामयिक विषयमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष गठबन्धनको दृष्टिकोण राख्नुभएको थियो ।

सो अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूको समेत उपस्थिति रहेको थियो ।

२०६९ साउन १६

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवसंग, आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नुभएका, नेपालका लागि जर्मनीका राजदूतH.E. Verena Gräfin von Rodern  ले आज राष्ट्रपति भवन, शीतलनिवासमा बिदाइ भेट गर्नुभयो । 

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले H.E. Verena Gräfin von Rodern लाई दुई मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धको विस्तारका लागि पु¥याउनु भएको योगदानको लागि धन्यवाद दिनुभयो । 

२०६९ साउन २१

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले संविधान सभा नरहेको र संविधान पनि नबनेको वर्तमान अवस्थामा मुलुकलाई राजनीतिक – संवैधानिक निकास दिने सम्बन्धमा पूर्व प्रधानमन्त्रीहरु, विभिन्न राजनैतिक दलका सभापति एवम् अध्यक्ष लगायतका नेताहरुसंग छलफल गर्नुभयो ।

उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु श्री पुष्पकमल दाहाल, श्री झलनाथ खनाल, श्री माधव कुमार नेपाल, श्री सूर्य बहादुर थापा र श्री लोकेन्द्र बहादुर चन्द लगायत अन्य विभिन्न राजनीतिक दलका प्रमुख एवम् नेताहरुले राजनीतिक एवम् संवैधानिक गतिरोधको वर्तमान परिस्थितिबाट मुलुकलाई निकास दिने सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभयो ।

राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित उक्त कार्यक्रममा सम्माननीय उपराष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीको समेत उपस्थिति रहेको थियो ।

२०६९ साउन १२

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसंग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले भेट गर्नुभयो । 

भेटका अवसरमा उहाँहरु बीच समसामयिक विषयमा छलफल भएको थियो । 

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति