राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६९ [2069] » 2069 MAGH (माघ)

२०६९ माघ १९

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवसंग नेपालका लागि मित्र राष्ट्र चीनका आवासीय राजदूत H.E. Mr. Yang Houlan ले आज राष्ट्रपति भवन, शीतलनिवासमा बिदाइ भेट गर्नुभयो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले H.E. Mr. Yang Houlan लाई दुई मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धको विस्तारका लागि पु¥याउनु भएको योगदानको लागि धन्यवाद दिनुभयो ।

आज्ञाले,
दशरथ राई
शाखा अधिकृत

२०६९ माघ २

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ साल मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलहरुको माग बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०६९ साल माघ १ गते सोमबारका दिनसम्म समय थप भएकोमा राजनैतिक दलहरुबीच नयाँ संविधानसभाको निर्वाचन सम्पन्न गर्नका लागि भएको प्रतिवद्धता अनुरुप यथाशीघ्र सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन राजनैतिक सहमतिका आधारमा गरी आउने भनी तत्कालीन संविधानसभामा प्रतिनिधित्व गर्ने १८ राजनैतिक दलका नेता तथा प्रतिनिधिहरुले आज २०६९ साल माघ २ गतेका दिन प्रतिवद्धता व्यक्त गर्नु भएको हुँदा सम्माननीय राष्ट्रपतिले राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिमको प्रकृयालाई निरन्तरता प्रदान गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,

हरिकुमार श्रेष्ठ)
प्रवक्ता

२०६९ माघ १२

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले आज राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित समारोहमा राष्ट्र र समाजको लागि विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने १०१ जना महानुभावहरुलाई गणतन्त्र दिवस २०६९ को सुअवसरमा घोषित विभूषणहरूद्वारा सुशोभन गर्नुभयो ।

समारोहमा भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (मरणोपरान्त) तथा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह (मरणोपरान्त) का लागि घोषित राष्ट्रगौरव विभूषण क्रमशः सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका अध्यक्ष श्री पी.एल.सिंह र गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहका सुपुत्र डा.मनोजकुमार सिंहलाई हस्तान्तरण गर्नुभयो । यसैगरी समाजशास्त्री तथा योजनाविद् डा.हर्क गुरुङ्ग (मरणोपरान्त) का लागि घोषित महाउज्ज्वल राष्ट्रदीप विभूषण उहाँकी धर्मपत्नी श्रीमती सरोज गुरुङ्गलाई हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी सुप्रबल जनसेवाश्री ४७ जना, प्रबल जनसेवाश्री ३७ जना र जनसेवाश्रीबाट १४ जनालाई सुशोभित गर्नुभएको थियो । समारोहमा सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधानन्यायाधीश, माननीय उप–प्रधान तथा गृह मन्त्री, माननीय मन्त्रीज्यूहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु लगायत विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।

आज्ञाले,

हरिकुमार श्रेष्ठ
प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति