राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६९ [2069] » 2069 KARTIK (कार्तिक)

२०६९ कार्तिक ०३

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले आज विहान विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई शीतलनिवासमा आमन्त्रण गरी मुलुकको राजनीतिक गन्तव्य र मार्ग तय गर्न यथाशीघ्र सहमति कायम गर्न आग्रह गर्नु भयो ।

करीब दुई दर्जन दलका प्रमुख एवं शीर्ष नेताहरुलाई सम्वोधन गर्दै सम्माननीय राष्ट्रपतिले त्यस अवसरमा भन्नु भयो “मुलुकले आज सामना गर्नु परेका राजनीतिक अन्यौल, संवैधानिक गतिरोध र बजेट लगायतका समस्याहरु थप जटील बन्न नपाउन्” भनी म तपाईँहरुलाई यसरी पुनः पुनः घच्घच्याउन बाध्य भएको छु । 

सो अवसरमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, एनेकपा (माओवादी) का अध्यक्ष श्री पुष्पकमल दाहाल “प्रचण्ड”, नेपाली कांग्रेसका सभापति श्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष श्री झलनाथ खनाल, मधेशी जन अधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष श्री विजयकुमार गच्छदार, नेकपा–माओवादीका अध्यक्ष श्री मोहन वैद्य “किरण”, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष श्री सूर्य बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता श्री लोकेन्द्र बहादुर चन्द, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष श्री महन्थ ठाकुर, मधेशी जनअधिकार फोरम नेपालका महासचिव श्री रामसहाय प्रसाद यादव, नेकपा (माले)का महासचिव श्री चन्द्र प्रकाश मैनाली, सद्भावना पार्टीका अध्यक्ष श्री राजेन्द्र प्रसाद महतो, तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष श्री महेन्द्र प्रसाद यादव र संघीय सदभावना पार्टीका अध्यक्ष श्री अनिलकुमार झाको उपस्थिति रहेको थियो । 

 

यसै गरी नेकपा (संयुक्त)का अध्यक्ष श्री चन्द्रदेव जोशी, राष्ट्रिय मधेश समावेशी पार्टीका अध्यक्ष श्री शरतसिंह भण्डारी, नेपाल मजदूर किसान पार्टीका सचिव श्री सुनिल प्रजापति, राष्ट्रिय जनमोर्चाका श्री सन्तबहादुर नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष श्री कमल थापा, नेकपा (माले–समाजवादी)का अध्यक्ष श्री जगतबहादुर बोगटी, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष श्री मालवरसिंह थापा, समाजवादी जनता पार्टीका अध्यक्ष श्री प्रेम बहादुर सिंह, दलित जनजाति पार्टीका अध्यक्ष श्री विश्वेन्द्र पासवान, नेपाः राष्ट्रिय पार्टीका महासचिव डा. विजय सैजु र नेकपा एकीकृतका श्री कमल चौधरी समेतको उपस्थिति रहेको  थियो ।  

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति