राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६९ [2069] » 2069 Fagun (फागुन)

२०६९ फागुन ३०

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ (१) बमोजिम राजनैतिक दलहरुलाई सहमतिको आधारमा सरकार गठनका लागि आव्हान भएकोमा एकिकृत नेपाल कम्यूनिष्ट पार्टी (माओवादी), नेपाली कांग्रेस, नेपाल कम्यूनिष्ट पार्टी (एमाले) र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका तर्फबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ अनुसार बाधा अड्काउ फुकाई संविधानको धारा ३८ (१) बमोजिम सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष नियुक्ति गर्न मिति २०६९÷११÷३० मा भएको सहमतिको दस्तावेज समेत संलग्न राखी सम्माननीय राष्ट्रपतिज्यूमा सिफारिस प्राप्त भएकोले यो विज्ञप्ति प्रकाशित गरिएको छ । 

आज्ञाले,

हरिकुमार श्रेष्ठ
प्रवक्ता

२०६९ फागुन ३०

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसंग श्री सत्य साई अन्तरराष्ट्रिय सङ्गठनका अध्यक्ष डा. श्री नरेन्द्र रेड्डी, डा. श्री नरोत्तम प्रसाद, डा. श्री रविन्द्र, श्री अमर कार्की र श्री यन्तकुमार मास्केले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । 

भेटका अवसरमा उहाँहरुले सङ्गठनबाट सम्पादित विभिन्न क्रियाकलापहरु बारे जानकारी गराउनुभयो ।

सम्माननीय राष्ट्रपतिज्यूले उक्त अवसरमा सङ्गठनबाट सम्पादित क्रियाकलापहरु खासगरी स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानका लागि धन्यवाद दिनुभयो ।

आज्ञाले, 

हरिकुमार श्रेष्ठ)

प्रवक्ता

२०६९ फागुन १४

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अष्ट्रेलियाका लागि नेपाली राजदूत 

श्री रुद्रकुमार नेपाललाई गणतन्त्र फिजीका लागि पनि गैर आवासीय नेपाली राजदूत पदमा नियुक्ति गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,

(हरिकुमार श्रेष्ठ)
प्रवक्ता

२०६९ फागुन ११

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव समक्ष महान्यायाधिवक्ता श्री मुक्ति नारायण प्रधानले आज राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित समारोहमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३६ को उपधारा (१) बमोजिम महान्यायाधिवक्ताको कार्यालयको आ.व. २०६८÷६९ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । 

सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले कानुनको शासन कायम गर्ने लोकतान्त्रिक मूल्य र मर्यादामा महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग पुुग्ने धारणा राख्दै महान्यायाधिवक्ता तथा उपस्थित सबैलाई धन्यबाद दिनुु भयो । 
आज्ञाले,

हरिकुमार श्रेष्ठ)
प्रवक्ता

२०६९ फागुन ४

नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष व्यक्त गरेको प्रतिवद्धता र राष्ट्रिय हितलाई समेत दृष्टिगत गरी सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम देहायको अध्यादेश प्रमाणीकरण भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

“संगठित अपराध निवारण अध्यादेश, २०६९” प्रमाणीकरण मिति २०६९।११।०४।०६

आज्ञाले, 
(हरिकुमार श्रेष्ठ)
प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति