राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६९ [2069] » 2069 BHADRA (भाद्र)

२०६९ भाद्र ३१

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव श्री भगवतीकुमार काफ्लेले आज राष्ट्रपति भवन, शीतलनिवासमा एक समारोहकाबीच नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२१ को उपधारा (१) बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आ.व. २०६८÷६९ को (२२ औं) वार्षिक प्रतिवेदन पेश गर्नु भयो । 

सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले कर्तब्यनिष्ठ, इमान्दारी र लगनशील भई काम गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

२०६९ भाद्र २९

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामराजाप्रसाद सिंह (मरणोपरान्त)लाई राष्ट्रगौरव मानपदवी प्रदान गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

२०६९ भाद्र २७

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसंग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेट गर्नुभयो । 

भेटका अवसरमा उहाँहरु बीच समसामयिक विषयमा छलफल भएको थियो ।

२०६९ भाद्र २६

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवसंग आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि बंगलादेशका राजदूत H.E. Dr. Neem Chandra Bhowmik  ले आज राष्ट्रपति भवन, शीतलनिवासमा विदाइ भेट गर्नुभयो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Dr. Bhowmik लाई दुई मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धको विस्तारका लागि पु¥याउनु भएको योगदानको लागि धन्यवाद दिनुभयो ।

२०६९ भाद्र २४ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४ को उपधारा (२) बमोजिम महारथी श्री गौरव शमशेर ज.ब.रा.लाई नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्त गर्नुभई राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित समारोहमा सो पदको दज्र्यानी चिन्ह प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

उक्त विशेष समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, निजामती तथा सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारी लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति