राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६९ [2069] » 2069 Baisakh (वैशाख)

२०६९ वैशाख ३० गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा मौजुदा मन्त्रिपरिषद्का मन्त्री माननीय श्री राजेन्द्र महतोलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री पदमा पद तथा गोपनीयताको शपथ गराउनु भयो । समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, माननीय मन्त्रीज्यूहरू, राजनीतिक दलका नेताहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

२०६९ वैशाख २७ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसँग संविधान सभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्गज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो । भेटका अवसरमा वहाँहरूबीच संविधान निर्माण र आगामी दिनका कार्यतालिकाका विषयमा छलफल भएको थियो ।

२०६९ वैशाख २७ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसँग सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज बिहान राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो । भेटका अवसरमा वहाँहरुबीच समसामयिक राजनीतिक गतिविधि र संविधान निर्माणका विषयमा छलफल भएको थियो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले राजनीतिक दलहरूका शीर्षस्थ नेताहरूसँग समेत संविधान निर्माणका विषयहरुमा सहमतिमा पुग्न छलफल गर्ने विचार व्यक्त गर्नुभयो ।

२०६९ वैशाख २४ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा मौजुदा मन्त्रिपरिषद्का मन्त्री माननीय श्री कृष्णप्रसाद सिटौलालाई उपप्रधानमन्त्री पदमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, माननीय मन्त्रीज्यूहरू, राजनीतिक दलका नेताहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

२०६९ वैशाख १७ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसँग जापानका विदेशमन्त्री महामहिम Koichiro GEMBA ले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नु भयो । भेटका अवसरमा मित्रराष्ट्र जापानले नेपालको आर्थिक र पूर्वाधार विकासको क्षेत्रमा पु¥याएको सहयोगको लागि सम्माननीय राष्ट्रपतिज्यूले जापान सरकार र जापानी जनतालाई हार्दिक धन्यवाद दिनुभएको थियो । यसका साथै उहाँहरुबीच आपसी हित र सहयोगका अन्य विषयहरुमा छलफल भएको थियो ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति