राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६९ [2069] » 2069 Asoj (असोज)

२०६९ असोज १८

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा आज यस कार्यालयको आ.व. ०६८।६९ को वार्षिक कार्य प्रगति समीक्षा सम्पन्न भयो । 

उक्त प्रगति समीक्षा कार्यक्रमको अन्त्यमा सम्माननीय राष्ट्रपतिबाट गत आ.व.मा सम्पादित कार्यप्रगति प्रति सन्तोष व्यक्त गर्दै राष्ट्रपति कार्यालयको भावी कार्यक्रमहरु अझ प्रभावकारी रुपमा सम्पादन गर्न निर्देशन दिनुभयो । 

राष्ट्रपति भवन, शितलनिवासमा आयोजित प्रगति समीक्षा कार्यक्रममा सम्माननीय राष्ट्रपतिका सल्लाहकारहरु, यस कार्यालयका सचिव, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो । 

२०६९ असोज १४

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले संविधान सभा नरहेको र संविधान पनि नबनेको वर्तमान अवस्थामा मुलुकलाई राजनीतिक – संवैधानिक निकास दिने सम्बन्धमा विभिन्न राजनैतिक दलका सभापति एवम् अध्यक्ष लगायतका नेताहरुसंग छलफल गर्नुभयो ।

उक्त कार्यक्रममा एनेकपा (माओवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री श्री झलनाथ खनाल, रा.ज.पा. का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री श्री सूर्य बहादुर थापा, पूर्व प्रधामन्त्री श्री माधव कुमार नेपाल, नेपाली काँग्रेसका सभापति श्री सुशील कोइराला, तमलोपाका अध्यक्ष श्री महन्थ ठाकुर लगायत अन्य विभिन्न राजनीतिक दलका प्रमुख एवम् नेताहरुले राजनीतिक एवम् संवैधानिक गतिरोधको वर्तमान परिस्थितिबाट मुलुकलाई निकास दिने सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभयो ।

सम्माननीय राष्ट्रपतिज्यूले “राजनीतिक सहमति र राजनीतिक निकासको निम्ति निर्वाचन नै विकल्प रहेको कुरा तपाइँहरुले नै अभिव्यक्त गर्नु भएकोले राजनीतिक सहमतिका निम्ति वा सहमति हुन नसक्ने अवस्थामा मैले के गर्ने? कसो गर्ने? र कहिले गर्ने ? त्यो पनि राजनीतिक दलहरुले नै प्रस्ताव गर्नुपर्ने र राजनीतिक जिम्मेवारी पूर्णरुपमा राजनीतिक दलहरुले नै लिनुपर्ने” कुरा व्यक्त गर्नुभयो ।

राजनैतिक दलका नेताहरुले विद्यमान राजनैतिक एवं संवैधानिक गतिरोधबाट मुलुकलाई यथाशक्य छिटो निकास दिनुपर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नुभयो । 
राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित उक्त कार्यक्रममा सम्माननीय उपराष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी  राजनैतिक दलका नेताहरू

श्री पुष्पकमल दाहाल “प्रचण्ड”    श्री झलनाथ खनाल 
श्री सूर्य बहादुर थापा                 श्री माधवकुमार नेपाल
श्री सुशील कोइराला                 श्री महन्थ ठाकुर
श्री मोहन वैद्य “किरण”           श्री विजयकुमार गच्छदार
श्री रामचन्द्र पौडेल                   श्री उपेन्द्र यादव                 
श्री कृष्णबहादुर महरा              श्री नारायणमान विजुक्छे            
श्री सि.पि. मैनाली                    श्री पशुपति शमशेर ज.ब.रा.        
श्री राजेन्द्र प्रसाद महतो            श्री महेन्द्र प्रसाद यादव
श्री अनिलकुमार झा                 श्री राजकिशोर यादव            
श्री राजलाल यादव                   श्री चन्द्रदेव जोशी                
श्री शरत सिंह भण्डारी              श्री देवप्रसाद गुरुङ
श्री चन्द्रबहादुर गुरुङ                श्री रश्मीराज नेपाली

२०६९ असोज ४

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवसंग आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि श्रीलंकाका आवासीय राजदूत H.E. Mr. Thosapala Hewage ले आज राष्ट्रपति भवन, शीतलनिवासमा बिदाइ भेट गर्नुभयो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले H.E. Mr. Thosapala Hewageलाई दुई मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धको विस्तारका लागि पु¥याउनु भएको योगदानको लागि धन्यवाद दिनुभयो ।

२०६९ असोज १६

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि नेपाली राजदूत श्री मुक्तिनाथ भट्टलाई नर्वेका लागि गैरआवासीय नेपाली राजदूत, बेल्जियमका लागि नेपाली राजदूत श्री राममणि पोखरेललाई नेदरल्याण्ड्सका लागि गैरआवासीय नेपाली राजदूत, इश्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपाली राजदूत श्री भरतराज पौड्याललाई गणतन्त्र आफगानिस्तान, गणतन्त्र टर्की, इश्लामिक गणतन्त्र इरान र गणतन्त्र इराकका लागि गैरआवासीय नेपाली राजदूत र अष्ट्रेलियाका लागि नेपाली राजदूत श्री रुद्रकुमार नेपाललाई न्यूजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति