राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६९ [2069] » 2069 ASHAD (आषाढ)

२०६९ आषाढ २७

आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा भारतीय सेनाका स्थल सेनाध्यक्ष महारथी श्री विक्रम सिंह पि.भि.एस.एम., यु.वाई.एस.एम., ए.भि.एस.एम., एस.एम., भि.एस.एम., ए.डि.सि.लाई नेपाली सेनाको मानार्थ महारथी पद र सोको दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो । 

समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, लगायत उच्च पदस्थ निजामती तथा सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।

२०६९ आषाढ २६

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जेनेभास्थित संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि श्री शंकरदास वैरागीलाई स्वीट्जरल्याण्डका लागि नेपालको राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

२०६९ आषाढ २२

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि नेपाली राजदूत श्री मुक्तिनाथ भट्टलाई फिनल्याण्डका लागि गैर आवासीय नेपाली राजदूत नियुक्त गर्नु भएको छ । यसैगरी, जेनेभास्थित संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संघ संस्थाका लागि नेपालको स्थायी प्रतिनिधि श्री शंकरदास वैरागीलाई इटालीका लागि गैर आवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।

२०६९ आषाढ १८

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले विराटनगर उप–महानगरपालिका–९, मोरङ निवासी श्री विद्याधर मल्लिकलाई आफू समक्ष अर्थ, विकास र प्रशासन क्षेत्रमा सुझाव र सल्लाह प्रस्तुत गर्ने गरी विशेषज्ञ पदमा नियुक्त गर्नु भएको छ । नव नियुक्त विशेषज्ञ श्री मल्लिकले अवैतनिक विशेषज्ञको रूपमा कार्य सम्पादन गर्नु हुनेछ ।

२०६९ आषाढ १३

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसंग बेलायतका अन्तर्राष्ट्रिय विकास सम्बन्धी राज्यमन्त्री H.E.Mr.Alan Duncan ले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपालको आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा मित्रराष्ट्र बेलायतले पु¥याएको सहयोगका लागि सम्माननीय राष्ट्रपतिज्यूले बेलायत सरकार र बेलायती नागरिकलाई हार्दिक धन्यवाद दिनुभएको थियो । यसका साथै उहाँहरु बीच दुई मुलुकको आपसी सम्बन्ध हित र सहयोग प्रदान गर्ने विषयमा समेत छलफल भएको थियो ।

 

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति