राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६८ [2068] » 2068 FAGUN (फागुन)

२०६८ फागुन ११ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसमक्ष सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्वत् २०६८ साल फागुन ११ गते बिहिबारका दिन ‘मौजुदा मन्त्रिपरिषद्का सूचना तथा सञ्चार मन्त्री जयप्रकाशप्रसाद गुप्ता सम्मानित सर्वोच्च अदालतको सम्वत् २०६८ साल फागुन ९ गतेको फैसलाअनुसार आफ्नो पदमा वहाल रहने अवस्था नभएकोले निजले सम्हाल्दै आएको सूचना तथा सञ्चार मन्त्रालयको कार्यभार नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ बमोजिम सम्माननीय प्रधानमन्त्री स्वयंले सम्हाल्ने’ व्यहोरा जानकारी गराउनु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

२०६८ फागुन ९ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा नियमित भेट गर्नु भयो । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले हालै आफूले गरेको भारतको बिहार भ्रमणका बारेमा जानकारी गराउनुका साथै वहाँहरू बिच शान्ति प्रक्रिया, संविधान निर्माण तथा अन्य समसामयिक विषयहरूमा छलफल भएको थियो ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति