राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६८ [2068] » 2068 ASWIN (असोज)

२०६८ असोज २६ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव मित्रराष्ट्र कतारको ४ दिवशीय राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्किनु भयो ।

सम्माननीय राष्ट्रपतिज्यूको यो भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ सुदृढ गर्न सहयोग पुगेको विश्वास लिइएको छ । 

२०६८ असोज २३ गते

सम्माननीय राष्ट्रपति डा‌.रामवरण यादव मित्रराष्ट्र कतारको राजकीय भ्रमणको शिलसिलामा सम्वत् २०६८ साल असोज २३ गते त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६छ. को उपधारा (२) बमोजिम सम्माननीय राष्ट्रपतिले सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गर्ने गरी तोक्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

२०६८ असोज २२ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झाले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गर्नु भयो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले मित्रराष्ट्र कतारको राजकीय भ्रमणका बारेमा सम्माननीय उपराष्ट्रपतिज्यूलाई जानकारी गराउनुका साथै वहाँहरूबीच अन्य समसामयिक विषयमा छलफल भएको थियो ।

२०६८ असोज १० गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गर्नु भयो ।

भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघमा भाग लिन जाँदाका अनुभवबारे जानकारी गराउनुका साथै वहाँहरूबीच अन्य समसामयिक विषयहरूमा छलफल भएको थियो ।

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवसंग, आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नुभएका, नेपालका लागि जापानका आवासीय राजदूत 

H.E. Tatsuo Mizuno ले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले H.E. Tatsuo Mizuno लाई दुई मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धको थप विस्तारका लागि पु-याउनु भएको योगदानको लागि धन्यवाद दिनुभयो ।

२०६८ असोज ५ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३५ कोटेश्वर निवासी डा. मदन कुमार भट्टराईलाई जापानमा रहेको नेपाली राजदूतावासको रिक्त हुने राजदूत पदमा नियुक्त गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति