राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६८ [2068] » 2068 AASHAD (आषाढ)

२०६८ आषाढ २७ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री झलनाथ खनालले आज राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नुभयो ।

उक्त भेटघाटका अवसरमा वहाँहरूबीच आगामी आ.व. २०६८/६९ को बजेट तथा अन्य समसामयिक विषयमा छलफल भएको थियो ।

२०६८ आषाढ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री झलनाथ खनालले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गर्नुभयो ।

उक्त नियमित भेटघाटका अवसरमा वहाँहरूबीच संविधान निर्माण, शान्ति प्रक्रिया लगायत समसामयिक विषयमा छलफल भएको थियो ।

२०६८ आषाढ १ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग व्यवस्थापिका–संसदका सम्माननीय सभामुख श्री सुवासचन्द्र नेम्वाङ्गले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गर्नुभयो । 

भेटका अवसरमा वहाँहरूबीच विविध समसामयिक विषयहरूमा छलफल भएको थियो ।

२०६८ आषाढ १ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवसंग, आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नुभएका, नेपालका लागि ब्राजिलका गैर आवासीय राजदूत 

H.E. Mr. Marco Antonio Diniz Brandao  बाट आज राष्ट्रपति भवन, शीतलनिवासमा बिदाइ भेट गर्नुभयो । 

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले H.E. Mr. Marco Antonio Diniz Brandao लाई दुई मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धको थप विस्तारका लागि पु-याउनु भएको योगदानको लागि धन्यवाद दिनुभयो ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति