राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६७ [2067] » 2067 CHAITRA (चैत्र)

२०६७ चैत्र २२ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसंग नेपालमा आफ्नो कार्यकाल पूरा गरी फर्कन लाग्नु भएका मित्र राष्ट्र चीनका राजदूत H.E. Mr. Qiu Guohong  ले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो । 

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले  H.E. Mr. Qiu Guohong  लाई दुई मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धको थप विस्तारका लागि पुर्‍याउनु भएको योगदानका लागि धन्यवाद दिनुभयो ।

२०६७ चैत्र १३ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग मित्र राष्ट्र भारतका ५ वटा राजनैतिक दलका ६ जना युवा सांसदहरूले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । भेटमा बिजु जनता दलका मा. श्री कैलाशनारायण सिंह देव, सिक्किम डेमोक्रेटिक फ्रन्टका मा. श्री ओ.टी. लेप्चा, भारतीय राष्ट्रिय कंग्रेसका मा. श्री प्रदिप माझी, भारतीय जनता पार्टीका मा. श्री कमलेस पासवान र मा. श्री सञ्जय जयसवाल र समाजवादी पार्टीका मा. श्री निरज शेखर सहभागी रहनु भएको थियो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले भारतको लोकतान्त्रिक अभ्यासको प्रसंशा गर्दै नेपालप्रति भारतको सदैव सद्भावना र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारत र नेपालका युवा सांसदहरूबीच हुन लागेको सद्भावना भ्रमणको आदान प्रदान र अन्र्तक्रियाबाट दुई देशबीचका साझा समस्याहरू बुझ्न र समाधान पहिल्याउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।  

२०६७ चैत्र ३ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले उहाँ समक्ष नेपालका लागि होली सी, फिलिपिन्स, आर्मेनिया र बेल्जियमका गैर आवासीय राजदूतहरू क्रमशः  H.E. Most Reverend Salvatore Pennacchio, H.E. Mr. Ronald B. Allarey, H.E. Mr. Ara Hakobyan र H.E.Mr. Pierre VAESEN बाट पेश भएको ओहोदाको प्रमाणपत्र आज राष्ट्रपति भवन, शीतलनिवासमा एक समारोहका वीच ग्रहण गर्नुभयो ।

सम्माननीय राष्ट्रपतिज्यूले ओहोदाको प्रमाणपत्र पेश गर्नु हुने राजदूतहरूलाई बधाई ज्ञापन गर्नु हुँदै वहाँहरूको कार्यकालमा नेपालसंग मित्रराष्ट्रहरु होली सी, फिलिपिन्स, आर्मेनिया र बेल्जियमको  सम्बन्ध अझै विकसित हुँदै जाने विश्वास व्यक्त गर्नु भयो ।

२०६७ चैत्र १ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले उहाँ समक्ष नेपालका लागि साइप्रस, इटाली, पेरु र चेक गणतन्त्रका नव नियुक्त गैर आवासीय राजदूतहरू क्रमशः H.E. Ms. Nafsiak Chr. Krousti, H.E.Mr. Ciacomo Sanfelice di Monteforte, H.E. Mr. Javier Paulinich र H.E. Mr. Miloslav Stasek  बाट पेश भएको ओहोदाको प्रमाणपत्र आज राष्ट्रपति भवन, शीतलनिवासमा एक समारोहका वीच ग्रहण गर्नुभयो । 

सम्माननीय राष्ट्रपतिज्यूले ओहोदाको प्रमाणपत्र पेश गर्नु हुने राजदूतहरूलाई बधाई ज्ञापन गर्नु हुँदै वहाँहरूको कार्यकालमा नेपालसंग मित्रराष्ट्र साइप्रस, इटाली, पेरु र चेक गणतन्त्रको सम्बन्ध अझै विकसित हुँदै जाने विश्वास व्यक्त गर्नु भयो ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति