राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७३ » २०७३ बैशाख

२०७३ बैशाख २८ गते मंगलबार

आज मिति २०७३ साल बैशाख २८ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष काठमाडौंमा आफ्नो आवासीय राजदूतावासको समुद्‌घाटन गर्न हाल नेपालको भ्रमणमा रहनु भएका संयुक्त अरब इमिरेट्स (UAE) का His Highness Sheikh Abdullah Bin Zayed Al Nahyan, Minister for Foreign Affairs and International Cooperation को नेतृत्वमा रहेको ६ सदस्यीय टोलीबाट शिष्टाचार भेट भयो । उक्त भेटका क्रममा दुई देशबीच रहिआएको आपसी सम्बन्ध, सद्‌भाव, सहयोग र हितलाई थप सुदृढ बनाउँदै जानुपर्ने बिषयका साथै नेपालको प्राकृतिक सुन्दरता, पर्यटकीय सम्भावना, प्राकृतिक स्रोत-साधन र श्रम तथा रोजगार सम्बन्धी विषयमा छलफल भयो । भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।
 
  
  (खडानन्द ढकाल)
       प्रवक्ता

२०७३ बैशाख २० गते सोमबार

आज सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी समक्ष राष्ट्रपति भवन, शीतल निवासमा नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका उपमहासचिव Mr. Jan Eliasson ले शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल र संयुक्त राष्ट्रसंघ बीचको सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्ध एवम् आपसी हित र सहयोगका बारेमा छलफल भयो । उपमहासचिव Mr. Jan Eliasson ले नेपालमा भूकम्प प्रभावित केही क्षेत्रहरुको भ्रमण गर्नुभएको र भूकम्पपछिको मानवीय सहायतामा नेपाली युवाहरुको सहभागिताप्रति प्रसन्नता व्यक्त गर्नुभएको थियो । प्रकृति र समाज एक अर्कासंग अभिन्न रहेकोले यी दुवैको पारस्पारिक सहयोग र समन्वयले मात्र दिगो विकास लक्ष्य हासिल गर्न सघाउ पुर्‍याउनेछ भन्ने विषयमा समेत कुराकानी भएको थियो ।
उक्त भेटवार्ताका अवसरमा संयुक्तराष्ट्र संघ बैंककका प्रतिनिधि, नेपालस्थित प्रतिनिधि र अन्य UN कर्मचारी एवम् नेपाल सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
 
  
  (खडानन्द ढकाल)
       प्रवक्ता

२०७३ बैशाख १४ गते मंगलबार

आज मिति २०७३ साल बैशाख १४ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगंज जानुभई आँखामा देखिएको समस्याको जाँच गराउनु भयो । साँझ ५:३० बजेको समयमा अस्पताल पुग्नुभई ४५ मिनेटसम्म विशेषज्ञ चिकित्सकसँग वहाँले उपचार गराउनुभएको थियो ।
 
  
  (खडानन्द ढकाल)
      प्रवक्ता

२०७३ बैशाख १४ गते मंगलबार

आज मिति २०७३ साल बैशाख १४ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा सम्वत् २०७३ साल बैशाख २१ गते मंगलबारका दिन विहान ११.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा वस्ने गरी व्यवस्थापिका-संसदको दोस्रो अधिवेशनको आह्वान गर्नुभएको छ ।
 
  
  (खडानन्द ढकाल)
        प्रवक्ता

२०७३ बैशाख १३ गते सोमबार

आज मिति २०७३ साल बैशाख १३ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष गणतन्त्र कोरियाको National Assembly  का सभामुख Rt. Hon. Chung Ui Hwa को नेतृत्वमा हाल नेपाल भ्रमणमा रहेको संसदीय टोलीबाट शिष्टाचार भेट भयो । उक्त भेटमा दुई देशबीच रहिआएको आपसी सम्बन्ध, विनाशकारी भूकम्पपछिको राहत, उद्धार र पुनर्निर्माण, नेपालीहरुको श्रमगन्तव्य, नेपालको पर्वतीय प्रकृति र सुन्दर हिमालयहरु लगायतका विषयमा छलफल भयो । भेटमा कोरियाली जनताले नेपाललाई एक सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा लिने गरेको स्मरण गर्नुहुँदै सम्माननीय सभामुखज्यूले आफू र कोरियाली संसद नेपाललाई सघाउन सदा तत्पर रहेको समेत बताउनुभयो । उक्त अवसरमा  नेपालका लागि गणतन्त्र कोरियाका महामहिम राजदूत Mr. Choe Yong-jin, सम्माननीय राष्ट्रपतिज्यूका कूटनीति र परराष्ट्र मामिला विज्ञ डा. मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव
श्री भूपेन्द्रप्रसाद पौड्याल लगायत नेपाल सरकारका अन्य उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।
 
  
  (खडानन्द ढकाल)
        प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति