राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७२ [2072] » २०७२ कात्तिक

२०७२ कात्तिक २० गते शुक्रबार

आज मिति २०७२ साल कात्तिक २० गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि भारतका महामहिम राजदूत श्री रणजीत रेले शिष्टाचार भेटघाट गर्नुभयो । उक्त भेटघाटका क्रममा नेपाल र भारतबीच जनताको स्तरमा नै सदियौंदेखि सामाजिक, सांस्कृतिक र भावनात्मक लागयतका बहुआयामिक सम्बन्ध रहिआएको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्ने बिषयमा छलफल भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
 
 
   (ध्रुवराज आचार्य)
  सहायक प्रवक्ता

२०७२ कात्तिक १९ गते बिहीबार

आज मिति २०७२ साल कात्तिक १९ गते बिहीबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष तपसिल बमोजिमका नवनियुक्त माननीय उपप्रधानमन्त्रीहरु तथा मन्त्रीहरुले नेपालको संविधानको धारा ८० बमोजिम उपप्रधानमन्त्री तथा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
तपसिल
क्र.सं. नाम, थर पद कार्यविभाजन
श्री भीमबहादुर रावल उपप्रधानमन्त्री रक्षा ।
श्री चन्द्रप्रकाश मैनाली उपप्रधानमन्त्री महिला, बालबालिका तथा समाजकल्याण ।
श्री चित्रबहादुर के.सी. उपप्रधानमन्त्री सहकारी तथा गरिबी निवारण ।
श्री विष्णुप्रसाद पौडेल मन्त्री अर्थ ।
श्री शेरधन राई मन्त्री सूचना तथा सञ्चार प्रविधि ।
श्री शान्ता मानवी मन्त्री विना विभागीय ।
श्री आनन्दप्रसाद पोखरेल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
 
 
   (ध्रुवराज आचार्य)
   सहायक प्रवक्ता

२०७२ कात्तिक १६ गते सोमबार

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट तोपगाछि -४, झापाका श्री भेषराज अधिकारीलाई उहाँको स्वकीय सचिवालय तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी सरहको स्वकीय सचिव पदमा नियुक्त गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

 
(हरिप्रसाद दवाडी)
उपसचिव

२०७२ कात्तिक १५ गते आइतबार

आज मिति २०७२ साल कात्तिक १५ गते आइतबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनले नेपालको संविधानको धारा ७१ बमोजिम उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

 
 
(ध्रुवराज आचार्य)
सहायक प्रवक्ता

२०७२ कात्तिक १३ गते शुक्रबार

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट आज मिति २०७२ साल कात्तिक १३ गते शुक्रबारका दिन विहान ९:०० बजे काठमाडौं, लैनचौर स्थित शहीद स्मारकमा शहीदहरुप्रति पुष्पगुच्छा अर्पण, विहान ९:२० बजे काठमाडौं, शहीद गेट स्थित शहीदहरुप्रति माल्यार्पण र विहान ९:४० बजे काठमाडौं, मदननगर, बल्खु स्थित स्वर्गीय मदन भण्डारीको शालिकमा माल्यार्पण भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ । 

 
 (ध्रुवराज आचार्य)
 सहायक प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति