राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७२ [2072] » २०७२ भदौ

२०७२ भदौ २२ गते

३६ औं राष्ट्रिय शिक्षा दिवस-२०७२ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०१५ का अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट आज मिति २०७२ भाद्र २२ गते मंगलबारका दिन राष्ट्रपति भवन परिसर शीतलनिवासमा आयोजित विशेष समारोहमा स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका नेपाली  छात्रछात्राहरुलाई नेपाल विद्याभूषण 'क' श्रेणी एवं प्रमाणपत्र (१४१ जना), 'ख' श्रेणी एवं प्रमाणपत्र (७४ जना), 'ग' श्रेणी एवं प्रमाणपत्र (१४ जना), स्नातक तहको नेपाल छात्रा विद्यापदक एवं प्रमाणपत्र (३१ जना) तथा प्रमाणपत्र तहको नेपाल छात्रा विद्यापदक एवं प्रमाणपत्र (८ जना) प्रदान भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।   

 
 
  आज्ञाले,
 
चक्रबहादुर बुढा
  प्रवक्ता

२०७२ भदौ २४ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषदको सिफारिसमा श्री अम्बिकादेवी लुईटेल (नेपाली राजदुत फ्रान्स) लाई पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदुत पदमा आज मिति २०७२ भाद्र २४ गते नियुक्ति गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

 
( चक्रबहादुर बुढा )
प्रवक्ता

२०७२ भदौ २४ गते

सम्माननीय राष्ट्रपति डा. राम वरण यादवले नेपाली सेनाका महारथी श्री राजेन्द्र क्षत्रीलाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आज मिति २०७२ भाद्र २४ गते राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति गर्नुभई पद तथा गोपनीयताको सपथ ग्रहण समेत गराउनु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

 
( चक्रबहादुर बुढा )
प्रवक्ता

२०७२ भदौ ३१ गते

सम्माननीय राष्ट्रपतिबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा सप्तरी जिल्ला जोगिनिया गा.वि.स. वडा नं. ६ बस्ने गंगाप्रसाद यादव र मकवानपुर जिल्ला हाँडीखोला गा.वि.स.वडा नं. ६ बस्ने किराँत कुमार बर्तौलाको सम्बन्धित जिल्ला अदालतमा लगत कायम रहेको बाँकी कैद सजाय र जरिवाना आज मिति २०७२।५।३१ गते बिहीबारका दिन माफी भएकोले यो विज्ञप्ति प्रकाशित गरिएको छ ।


ध्रुवराज आचार्य
सहायक प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति