राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७२ [2072] » २०७२ असार

२०७२ असार ६ गते आइतबार

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा क्यानाडाका लागि नेपाली राजदूत पदमा कार्यरत श्री कालीप्रसाद पोखरेललाई क्युवाका लागि गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,


(चक्रबहादुर बुढा)
प्रवक्ता

२०७२ असार ७ गते सोमबार

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम देहाय बमोजिमको अध्यादेश प्रमाणीकरण भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी अध्यादेश, २०७२

प्रमाणीकरण मिति २०७२/३/७

 

आज्ञाले,

(चक्रबहादुर बुढा)
प्रवक्ता

२०७२ असार १० गते बिहीबार

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा संवत् २०७२ साल असार १५ गते मंगलबारका दिन अपरान्ह ३.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा व्यवस्थापिका-संसदको अधिवेशनको आह्वान गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

 

(चक्रबहादुर बुढा)
प्रवक्ता

२०७२ असार १४ गते सोमबार

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा थाइल्याण्डका लागि नेपाली राजदूत पदमा कार्यरत श्री खगनाथ अधिकारीलाई प्रजातान्त्रिक जनगणतन्त्र लाओसका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,


(हरिप्रसाद दवाडी)
उपसचिव

२०७२ असार २३ गते बुधबार

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०३ को उपधारा (१) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका वरिष्ठतम माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा मिति २०७२/३/२३ गते नियुक्ति गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ।

साथै, सम्माननीय राष्ट्रपतिज्यूबाट आजै शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशज्यूलाई पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराउनु भयो ।


आज्ञाले,


(चक्रबहादुर बुढा)
प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति