राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७२ [2072] » २०७२ फागुन

२०७२ फागुन ३० गते आइतबार

आज मिति २०७२ साल फागुन ३० गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनका महामहिम महानिर्देशक Mr. Jose Graziano da Silva ले शिष्टाचार भेटघाट गर्नुभयो । उक्त भेटघाटका क्रममा संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनले नेपालमा विगतदेखि गर्दै आएको सहयोगमूलक कार्यक्रमहरु तथा तिनको उपलव्धी, नेपाललाई सन् २०२५ सम्ममा भोकमरी शुन्यक्षेत्र बनाउने "Zero Hunger Challenge Initiative by 2025" लगायतका विषयमा कुराकानी हुनुका साथै नेपालको कृषिक्षेत्रको विकास र विद्यमान खाद्यसंकट समाधानतर्फ खाद्य सुरक्षा, पशुपालन, माछापालन जस्ता कार्यक्रमहरुलाई सघन रुपमा सञ्चालन गर्नुपर्ने विषयमा छलफल भयो । भेटमा नेपाल सरकारका उच्च सरकारी अधिकारी तथा नेपालस्थित संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।
 
 
   (खडानन्द ढकाल)
       प्रवक्ता

२०७२ फागुन २७ गते बिहीबार

आज मिति २०७२ साल फागुन २७ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि संयुक्त अधिराज्यका महामहिम राजदूत Mr. Richard Morris ले शिष्टाचार भेटघाट गर्नुभयो । उक्त भेटघाटका क्रममा संयुक्त अधिराज्यका राजकुमार Harry को  आसन्न नेपाल भ्रमण तथा दुई देशबीच इतिहासदेखि रहिआएको आपसी सम्बन्ध, सहयोग र हितको विषयमा कुराकानी हुनुका साथै आपसी सम्बन्धलाई थप सुदृढ बनाउँदै जानुपर्ने बिषयमा छलफल भयो । भेटमा दुबै देशका उच्च सरकारी अधिकारीहरुको समेत उपस्थिति थियो ।
 
 
   (ध्रुवराज आचार्य)
    सहायक प्रवक्ता

२०७२ फागुन २२ गते शनिबार

आज मिति २०७२ साल फागुन २२ गते शनिबारका दिन साँझ राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सार्क क्षेत्रका प्रधान न्यायाधीशहरुको १०औं अन्तर्राष्ट्रिय सम्मेलन तथा सार्क ल को १३औं सम्मेलनमा भाग लिन काठमाडौं आउनु भएका विभिन्न देशका प्रधान न्यायाधीश तथा अन्य न्यायाधीशहरुको समूहले शिष्टाचार भेट गर्‍यो । उक्त भेटघाट कार्यक्रममा बङ्गलादेश, भुटान, अफगानिस्तान, भारत, पाकिस्तान, श्रीलंका र आयोजक राष्ट्र नेपालका प्रधान न्यायाधीशहरु तथा अन्य न्यायाधीशहरु एवम् सार्क क्षेत्रका वरिष्ठ अधिवक्ताहरु, कानूनी क्षेत्रका प्राज्ञहरु र राष्ट्रपतिको कार्यालयका उच्च पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा उपस्थित व्यक्तित्वहरुलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपतिज्यूले नेपालको नयाँ संविधानका विशेषताहरुबारे चर्चा गर्नुभएको थियो ।
 
 
 
   (खडानन्द ढकाल)
         प्रवक्ता

२०७२ फागुन २१ गते शुक्रबार

आज मिति २०७२ साल फागुन २१ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यका पूर्व मुख्यमन्त्री तथा भारतीय लोकसभाका सांसद श्री भगत सिंह कोश्यारीले शिष्टाचार भेट गर्नुभयो । उक्त भेटघाटका क्रममा नेपाल र भारतबीच शदियौंदेखि जनस्तरमा रहिआएको सामाजिक, सांस्कृतिक र भावनात्मक सम्बन्धका बारेमा चर्चा हुनुका साथै दुई देशबीचको सहयोग र हित प्रबर्द्धन गर्दै आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउने लगायतका बिषयमा छलफल भयो । भेटका क्रममा भारतीय लोकसभामा पश्चिम चम्पारणबाट प्रतिनिधित्व गर्ने सांसद डा. सञ्जय जैसवाल लगायत नेपाल तथा भारतका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
 
 
   (खडानन्द ढकाल)
         प्रवक्ता

२०७२ फागुन १९ गते बुधबार

आज मिति २०७२ साल फागुन १९ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र भारतको बिहार राज्यका मुख्यमन्त्री श्री नीतीश कुमारले शिष्टाचार भेट गर्नुभयो । उक्त भेटघाटका क्रममा नेपाल र भारतबीच शदियौंदेखि जनस्तरमा रहिआएको सामाजिक, सांस्कृतिक र भावनात्मक सम्बन्धका बारेमा चर्चा भयो । साथै दुई देशबीचको सहयोग र हित प्रबर्द्धन गर्दै आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउने लगायतका बिषयमा छलफल भयो । भेटका क्रममा भारतको जनता दल युनाइटेडका नेता श्री के.सी. त्यागी, नेपालका लागि भारतका महामहिम राजदूत श्री रणजीत रे र भारतीय दूतावासका उच्च सरकारी अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
 
 
   (खडानन्द ढकाल)
       प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति