राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७३ » २०७३ असार

२०७३ असार ३० गते बिहीबार

आज मिति २०७३ साल असार ३० गते बिहीबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  व्यवस्थापिका-संसदका विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
 
सि.नं‌ विवरण
१. सार्वजनिक खरिद ऐन, २०६३ (पहिलो संशोधन) विधेयक, २०७३
२. नेपाल खुला विश्वविद्यालय  विधेयक, २०७३
३. विनियोजन विधेयक, २०७३
 
 
   (ध्रुवराज आचार्य)
  सहायक प्रवक्ता

२०७३ असार २९ गते बुधबार

आज मिति २०७३ साल असार २९ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले भेट गर्नुभई मुलुकमा भएको हालैको परिवर्तित राजनीतिक घटनाक्रम बारे अवगत गराउनु भयो ।
 
   (ध्रुवराज आचार्य)
   सहायक प्रवक्ता

२०७३ असार २९ गते बुधबार

आज मिति २०७३ साल असार २९ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र कतारका महामहिम राजदूत Mr. Ahmed Jassim Al Hamar ले बिदाई भेट गर्नु भयो । भेटमा दुई देशबीच रहिआएको घनिष्ट कूटनीतिक सम्बन्ध, धेरै नेपालीहरु कतारमा प्रत्यक्ष रोजगारीमा रहेको विषय, दुई देशबीचको व्यापारिक तथा आर्थिक सम्बन्ध एवम्  द्विपक्षीय हित लगायतका बिषयमा छलफल भएको थियो । महामहिम राजदूतले नेपालमा पहिलो आवासीय राजदूतका रुपमा निर्वाह गर्नुभएको भूमिका तथा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन गर्नुभएको योगदानप्रति सम्माननीय राष्ट्रपतिले सराहना गर्नुहुँदै महामहिम राजदूतलाई धन्यवाद दिनुभयो । उक्त अवसरमा राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल लगायत नेपाल सरकारका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
 
   (ध्रुवराज आचार्य)
    सहायक प्रवक्ता

२०७३ असार २७ गते सोमबार

आज मिति २०७३ साल असार २७ गते सोमबार राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय उपप्रधान तथा परराष्ट्रमन्त्री श्री कमल थापा, प्रधान सेनापति श्री राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका सचिव श्री भूपेन्द्रप्रसाद पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव श्री शंकरदास वैरागी लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।
तपसिल
क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
  1.  
सर्विया H.E. Mr. Vladimir Maric गैरआवासीय
  1.  
ग्रीस H.E. Mr. Panos Kalageropoulos गैरआवासीय
  1.  
आइरिश H.E. Mr. Brian McElduff गैरआवासीय
  1.  
माली H.E. Mr. Niankoro Yeah Samake गैरआवासीय
 
 
   (ध्रुवराज आचार्य)
   सहायक प्रवक्ता

२०७३ असार २७ गते सोमबार

आज मिति २०७३ साल असार २७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका वरिष्ठतम माननीय न्यायाधीश श्री सुशीला कार्कीज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा र नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा डा. अयोधी प्रसाद यादवज्यूलाई प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा आजै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री सुशीला कार्कीज्यूले र सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सम्माननीय प्रधान न्यायाधीशज्यूसमक्ष नवनियुक्त माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवज्यूले आ-आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय सभामुखज्यू, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू, व्यवस्थापिका-संसदका विपक्षी दलका नेता माननीय शेरबहादुर देउवाज्यू, सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरु, माननीय महान्यायाधिवक्ताज्यू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीज्यूहरु, सुरक्षा निकायका प्रमुखज्यूहरु लगायत अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।
 
 
   (ध्रुवराज आचार्य)
   सहायक प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति