राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७२ [2072] » २०७२ पुष

२०७२ पौष २४ गते शुक्रबार

आज मिति २०७२ साल पौष २४ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष  संयुक्त राष्ट्रसंघका Under-Secretary General H.E.Mr. Jeffrey Feltman ले शिष्टाचार भेटघाट गर्नुभयो । उक्त भेटघाटका क्रममा संयुक्त राष्ट्रसंघको सदस्यका रुपमा नेपालले निर्वाह गरेको भूमिका तथा नेपालको हालको समसामयिक परिस्थिति एवम् नेपालमा संयुक्त राष्ट्रसंघको तर्फबाट हुनसक्ने सहयोग लगायतका बिषयमा छलफल भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
 
 
   (शंकरप्रसाद सुवेदी)
       प्रवक्ता

२०७२ पौष १३ गते सोमबार

आज मिति २०७२ साल पौष १३ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले भगवान श्री पशुपतिनाथको दर्शन तथा राष्ट्रको विद्यमान संकटमोचन र सबै नेपालीहरुको सुख-शान्तिको कामना गर्दै पशुपतिनाथमा पञ्चामृतसहितको रुद्राक्षाभिषेक पूजा-अर्चना गर्नुभयो । साथै सम्माननीयज्यूले आफ्नो पौष महिनाको पारिश्रमिक बापतको रकम आर्थिक सहायता स्वरुप पशुपतिक्षेत्र विकास कोषलाई चन्दा दिनुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
 
 
   (ध्रुवराज आचार्य)
    सहायक प्रवक्ता

२०७२ पौष ९ गते बिहीबार

आज मिति २०७२ साल पौष ९ गते बिहीबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
तपसिल
क्र.सं. नाम, थर पद कार्यविभाजन
श्री दिपक बोहोरा मन्त्री श्रम तथा रोजगार
श्री प्रेमबहादुर सिंह मन्त्री खानेपानी तथा सरसफाई
श्री एकनाथ ढकाल मन्त्री विना विभागीय
श्री शिवलाल थापा मन्त्री विज्ञान तथा प्रविधि
 
 
   (ध्रुवराज आचार्य)
   सहायक प्रवक्ता

२०७२ पौष ५ गते आइतबार

आज मिति २०७२ साल पौष ५ गते आइतबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट व्यवस्थापिका-संसदबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको "भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी विधेयक, २०७२" नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
 
 
   (ध्रुवराज आचार्य)
    सहायक प्रवक्ता

२०७२ पौष १ गते बुधबार

आज मिति २०७२ साल पौष १ गते बुधबार विवाह पञ्चमीका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी श्री जानकी मन्दिर जनकपुरधाम, धनुषा पुग्नुभई श्री जानकी मन्दिरको दर्शन गरी श्री रामजानकी विवाह महोत्सवको वरियात स्वागत कार्यक्रममा सरीक हुनुभएको र विवाह पञ्चमीको अवसरमा देशवासीका नाममा शुभकामना सन्देश समेत दिनुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
 
 
   (ध्रुवराज आचार्य)
  सहायक प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति