राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७२ [2072] » २०७२ मंसिर

२०७२ मंसिर २९ गते मंगलबार

आज मिति २०७२ साल मंसिर २९ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जापानका महामहिम राजदूत Mr. Masashi Ogawa ले शिष्टाचार भेटघाट गर्नुभयो । उक्त भेटघाटका क्रममा दुई देशबीच रहिआएको आपसी सम्बन्ध, सहयोग र हितलाई थप सुदृढ बनाउँदै जानुपर्ने बिषयमा छलफल भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
 
 
   (ध्रुवराज आचार्य)
   सहायक प्रवक्ता

२०७२ मंसिर २८ गते सोमबार

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज साँझ राष्ट्रपति भवन, शीतलनिवासमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, संघीय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी र राप्रपा नेपालका शीर्ष नेताहरुलाई समसामयिक विषयमा छलफलका लागि आमन्त्रण गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिले मधेशी मोर्चासँगको वार्ता परिणाममुखी नभएको, भूकम्प पीडितहरुको अवस्था दयनीय हुँदै गएको, पुननिर्माण प्राधीकरण सम्बन्धी विधेयकको स्थिति, आपूर्ति व्यवस्था अझै सहज हुन नसकेको, करीब एक महिनादेखि व्यवस्थापिका-संसद अवरोधको अवस्थामा रहेको, संविधानले समयवद्ध रुपमा सम्पन्न गर्ने कार्यहरुको शुरुवातसम्म पनि हुन नसकेको र स्थानीय निकायको निर्वाचनको सन्दर्भ समेत उठ्न नसकेको लगायतका समसामयिक विषयहरुमा जिज्ञासा राख्दै त्यसतर्फ उहाँहरुको गम्भीर ध्यानाकर्षण गराउनुभयो । त्यसपछि उपस्थित नेताहरुले समसामयिक परिस्थितिको बारेमा आ-आफ्नो धारणा राख्नु भएको थियो ।
 
 
   (ध्रुवराज आचार्य)
   सहायक प्रवक्ता

२०७२ मंसिर २४ गते बिहीबार

आज मिति २०७२ साल मंसिर २४ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि डेनमार्कका महामहिम राजदूत Ms. Kirsten Rosenvold Geelan ले शिष्टाचार भेटघाट गर्नुभयो । उक्त भेटघाटका क्रममा दुई देशबीच रहिआएको आपसी सम्बन्ध, सहयोग र हितलाई थप सुदृढ बनाउँदै जानुपर्ने बिषयमा छलफल भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
 
 
   (दशरथ राई)
  शाखा अधिकृत

२०७२ मंसिर २३ गते बुधबार

आज मिति २०७२ साल मंसिर २३ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आ.व. २०७१/७२ को वार्षिक प्रतिवेदन पेश गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
 
 
   (दशरथ राई)
  शाखा अधिकृत

२०७२ मंसिर २२ गते मंगलबार

आज मिति २०७२ साल मंसिर २२ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि श्रीलंकाका महामहिम राजदूत Mr. W.M. Senevirathna ले शिष्टाचार भेटघाट गर्नुभयो । उक्त भेटघाटका क्रममा दुई देशबीच रहिआएको आपसी सम्बन्ध, सहयोग र हितलाई थप सुदृढ बनाउँदै जानुपर्ने बिषयमा छलफल भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
 
 
   (दशरथ राई)
  शाखा अधिकृत

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति