राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

PRESS RELEASES » २०७२ [2072] » २०७२ जेठ

२०७२ जेठ ६ गते बुधबार

सम्माननीय राष्ट्रपतिबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४ को उपधारा (३) बमोजिम, मन्त्रिपरिषद्को सिफारिसमा, मिति २०७२ साल वैशाख १२ गते शनिबारदेखि प्राकृतिक विपत परेको कारणले नेपाली सेनाको प्रयोग र परिचालन हुँदै आएकोमा बढीमा २०७२ साल असार मसान्तसम्म प्रयोग र परिचालन गर्न स्वीकृति प्रदान भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।


आज्ञाले,

(चक्रबहादुर बुढा)
प्रवक्ता

२०७२ जेठ १५ गते शुक्रबार

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा २०७२ सालको गणतन्त्र दिवसको अवसरमा जम्मा ५४१ जना कैदीको भुक्तान हुन बाँकी कैद सजाय नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ बमोजिम माफी भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।


(चक्रबहादुर बुढा)

प्रवक्ता

२०७२ जेठ २५ गते सोमबार

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ११३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा

श्री रामप्रसाद सिटौला, गरामनी-२, झापालाई न्याय परिषद्को सदस्य पदमा मनोनित गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,

(चक्रबहादुर बुढा)
प्रवक्ता

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति