राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चेक गणतन्त्रको संसद Chamber of Deputies का Vice President को नेतृत्वको टोलिबाट शिष्टाचार भेट

Tuesday, 20 Sep, 2016

मिति २०७३ साल असोज ४ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र चेक गणतन्त्रको संसद Chamber of Deputies का Vice President Dr. Vojtech Filip को नेतृत्वमा रहेको चेक गणतन्त्रका महामहिम राजदूत Mr. Milan Hovorka सहितको टोलिबाट शिष्टाचार भेट भयो । भेटमा नेपाल र चेक गणतन्त्रबीचको घनिष्ट कूटनीतिक सम्बन्ध तथा दुई देशबीचको आपसी सहयोग र हितलाई थप विस्तार गर्दै जानुपर्ने लगायतका विषयमा कुराकानी भयो ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति